१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रेडियन्टका गौरवशाली विद्यार्थी

ललितपुरको सानेपामा अवस्थित रेडियन्ट रिर्डस एकेडेमी ०५६ सालमा खुलेको हो। हाल त्यहाँ एक हजार विद्यार्थी अध्ययन गर्छन्। प्रधानाध्यापक डिके ढुंगानाका अनुसार विद्यालयले विद्यार्थीको सिर्जनशीलता विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। त्यही विद्यालयमा कक्षा –१० मा पढ्ने केही विद्यार्थीसँग ‘जूनकीरी’का श्रीराम राईले कुराकानी गरेका छन् ः

चित्रकार
सिर्जना यादव

म कक्षा –१ मा हुँदा लोना प्रधान म्यामले राम्रो चित्र बनायौ भनेर प्रोत्साहन बढाइदिनु भयो। प्रोत्साहनले निकै ठूलो काम गर्दो रहेछ। त्यसपछि म चित्रकलामा निरन्तर लागिरहें। म निकै चोटि चित्रकला प्रतियोगितामा पुरस्कृत भएकी छु। मलाई परिवारको राम्रो सहयोग छ। आमाले चित्रकलाको क्लास लिनु भन्नु भएको छ। मैले कला र पढाइलाई सँगै लैजाने लक्ष्य छ। मलाई लियोनार्दो दा भिञ्ची र किशोर कनौजियाका चित्र मन पर्छ। चित्रकलाले जनचेतना जगाई सभ्य समाज निर्माणमा सहयोग पु¥याउँछ। लेखेर देखाउन नसकिने कुराहरूलाई चित्रका माध्यमबाट देखाउन सकिन्छ। यसबाट चित्त दुखेको बेला हलुको हुन्छ। मनका कुरा व्यक्त गर्न सकिन्छ। ध्यान एकीकृत गराउँछ। घर र अफिसको शोभा बढाउने काम गर्छ।

खेलाडी
सुवास अधिकारी

अरूले क्रिकेट खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्थ्यो। मौका पाउनेबित्तिकै क्रिकेट खेलेको हेर्न जान्थें। त्यसपछि क्रिकेटमा आकर्षित हुँदै गएँ। मलाई पढिरहेका बेला चिकित्सक बन्न मन लाग्छ भने खेलिरहेका बेला खेलाडी बन्न मन लाग्छ। खेलकुदबाटैे करियर बनाउन सोच छ। खेलबाट आफ्नो इज्जत र पहिचान बनाउन सकिन्छ। खेलले अनुशासित गराउँछ। खेल्दा शरीरको कसरत पुग्ने हुँदा स्वस्थ रहन सहयोग पुग्छ। यसले मानसिक र शारीरिक रूपमा फुर्तिलोपन ल्याउँछ। मेरो विचारमा देश चिनाउने माध्यम खेल पनि हो। कतिले खेलबाटै आफ्नो देशलाई विश्वमाझ चिनाउन सफल भएका छन्।

नायिका
खुश्बु बास्तोला

म एलकेजीदेखि नै नृत्यमा लागेकी हुँ। मलाई म्यामहरूले नृत्यमा गाइड गर्नु हुन्थ्यो। नृत्य सिक्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। मेरो नायिका बन्ने लक्ष्य छ। नृत्यले अभिनयमा सहयोग पु¥याउँछ। आमाले राम्रो पढेर चिकित्सक बन्नु भन्नु हुन्छ। तर मनिष दाजुले आफ्नो इच्छा अनुसारको काम गर्नु, इच्छा अनुसारको काममा सजिलै सफलता हासिल गर्न सकिन्छ भन्नु हुन्छ। धेरैले अभिनय र नृत्यमै लागेर करियर बनाएका छन्। हामीले नृत्यले पढाइ बिगार्छ भन्ने एकतर्फी सोच लिनु हुँदैन। यहाँ पढाइ बिग्रन्छ भनेर अरू केही नगरी बस्ने हो भने केही प्रगति हुँदैन। दर्शकको माया पाउन थालेपछि ममा निकै उत्साह थपिएको छ। नृत्य गर्दा धेरै आनन्द आउँछ र अरूलाई पनि मनोरञ्जन दिलाउन सकिन्छ। मलाई दयाहाङ राई, पार्वती राई, भुवन केसी, वर्षा राउत, राजेश हमाल जस्तो बन्ने मन छ।

गायिका
अक्षता थापा श्रेष्ठ

मेरो बाबा फुर्सद हुनेबित्तिकै नारायण गोपालका गीत सुन्नु हुन्थ्यो। उहाँले नारायण  गोपालका प्रायः सबै गीत मोबाइलमा रेकर्ड गर्नु भएको थियो। मलाई पनि नारायण गोपालका गीतहरू धेरै मन पथ्र्यो। गीत सुन्न पाउँदा मलाई निकै रमाइलो लाग्थ्यो। मलाई पनि गाउने पाए हुन्थ्यो भन्ने लाग्थ्यो। म अरू गीत पनि सुनिरहन्थें र राम्रो लागेको गीत गाइहाल्थें। स्कुलमा हुने कार्यक्रममा भाग लिँदै गएँ। अहिले गीतविना बाँच्नै नसक्ने भएकी छु। तनाव भएका बेला गीत गाउँदा मन शान्त हुन्छ। गाउने गीतको शब्द पनि राम्रो भए झन् राम्रो हुन्छ। गीत गाउँदा जति धेरैले सुन्छन् त्यत्ति नै मलाई रमाइलो लाग्छ। मैले गीत गाएर धेरै वाहवाही पाएकी छु। मलाई अन्जु पन्त, नारायण गोपाल, मेलिना राई जस्तो लोकप्रिय गायक बन्ने रहर छ।
 
खेलाडी
जोन राई

मेरो खेलयात्रा कÔा–६ देखि सुरु भएको हो। रेडियन्ट रिर्डस एकेडेमीले आयोजना गरेको गोल्ड कपमा हामी तेस्रो भएका थियौं। म लुकीछिपी भए पनि फुटबल खेलिरहन्छु। आफ्नो रुचिको कुरा गर्न पाउँदा फुरुङ्ङ हुन्छु। खेलकुदले सिर्जनाशील बनाउँछ। खेलले तन्दुरुस्त हुन सहयोग पु¥याउँछ। खेलबाट मानसिक र शारीरिक विकास हुन्छ। मनोरञ्जन प्राप्त हुन्छ। खेलकुदले व्यक्तित्व विकासमा टेवा पु¥याउँछ। त्यसैले हामी विद्यार्थीहरूका लागि खेल अति नै आवश्यक छ। म खेलकुद र पढाइलाई सँगै लैजाने छु। खेलकुदबाटै नाम र दाम दुवै कमाउन सकिन्छ भन्ने कुरामा म ढुक्क छु। म खेलबाट नेपाललाई संसारभर चिनाउन चाहन्छु।

गायक
रोड्रिक बज्राचार्य

म कक्षा –४ मा हुँदादेखि नै गायनमा लागेको हुँ। म लैबरी सिंगिङ कम्पिटिसन जस्ता धेरै ठाउँमा सहभागी भएको छु। सेन्टिमेन्टल गीतहरूले भावुक बनाउँछ भने रक गीतले जोसिलो बनाउँछ। गीत गाउँदा आनन्द महसुुस भइरहेको हुन्छ। पीडाले छटपटाइरहेको बेला मीठो गीत सुन्न पाए मन हलुको हुन्छ। मीठो गीतले कार्यक्रममा सहभागीहरूलाई जुरुकजुरुक उठाएर नचाउँछ र कार्यक्रमको शोभा नै बढाइदिन्छ।

प्रकाशित: ११ जेष्ठ २०७६ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App