२६ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

अवैध सामान बरामद

बर्दिया– बढैयाताल गाउँपालिका–७ कार्णालीपुरमा भारतबाट भन्सार छलेर ल्याएको रु ३८ हजार बराबरको सामान प्रहरीले आज बरामद गरेको छ।

बरामद गरिएको सामानमा लुगा धुने सोडा, चिनी, मिठाइ, बिंडी, सुर्ती, सुकेको खुर्सानी, साइकललगायत रहेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले सो सामान बरामद गरेको हो। उक्त सामान भन्सार कार्यालयको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए। रासस

प्रकाशित: ८ जेष्ठ २०७६ १३:४३ बुधबार

अवैध_सामान भन्सार_छली बरामद