१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

लेक लागेर एक जनाको मृत्यु

हुम्ला– हुम्ला जिल्ला नाम्खा गाउँपालिका ५ मा पर्ने नारा लेकमा आइतबार लेक लागेर १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नाम्खा गाउँपालिका ६ तिलगाउका ६९ बर्षिय छिरीङ लामा रहेका छन्। हिमपातले बन्द भएको उत्तरी हिल्सा नाका खुले पछि  केही दिन अगाडि काठमाडौंबाट सिमकोट आएका लामा केही दिन सिमकोट बसेर आफ्नो घर तिलगाउ हिडेका थिए। घर जाने क्रममा झन्डै ५ हजार मिटर उचाइको नारा लेकमा लेक लागेर उनको मृत्यु भएको हुम्ला जिल्ला प्रहरी प्रमुख डिएसपी रामप्रशाद घर्तिमगरले बताए।

लिमी आवत जावत गर्न  ५ हजार मिटर भन्दा अग्लो न्यालु र झन्डै ५ हजार मिटर उचाइको नारा लेक गरी दुई बाटा छन्। नारा लेकमा हिउँ कम हुने भएकाले हिउँदमा घर छाडेर गएका लिमीका बासिन्दाले घर फर्कंदा नाराको बाटो प्रयोग गर्ने गरेका छन्।

प्रकाशित: ५ जेष्ठ २०७६ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App