१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एकैदिन दुई योजना उद्घाटन, चार शिलान्यास

मिक्लाजुङ (पाँचथर)– जिल्लाको दक्षिणी मिक्लाजुङ गाँउपालिकामा दुई योजनाको उद्घाटन र चार योजनाको शिलान्यास गरिएको छ। यो क्षेत्रमा महत्व राख्ने किसिमका योजनाहरु १ नम्बर प्रदेशको बजेटमार्फत अघि बढाइएका थिए। स्वास्थ्य चौकि भवन तथा विद्यालय भवनको उद्घाटन र सडक कालोपत्रे, प्रहरी भवन, आवासगृह, कवर्ड हलको शिलान्यास भएको हो। १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले गाँउपालिकाका विभिन्न ६ स्थानमा पुगेर उद्घाटन र शिलान्यास गरेका हुन।

रविमा आयोजना भएको समारोहमा बोल्दै मन्त्री आङ्बोले विकासका पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखिएको बताए। ‘जनताको सुविधा र समृद्धिलाई ख्याल राखेर हामि काम गरीरहेका छौं। ग्रामीण क्षेत्रको विकास महत्पूर्ण पक्ष हो’ उनले भने ‘प्रदेश सरकार जनताको आवश्यकतालाई बुझेर विकासका काम अघि बढारहेको छ। यहाँको जनप्रतिनिधि भएकाले विशेष ध्यान दिएको छु।’ आगामी आर्थिक बर्षको बजेटको तयारी भइरहेको जनाउँदै आङ्बोले रोजगारी सृजना गर्ने तथा आत्मनिर्भर बढाउने बजेट आउने बताए।

मिक्लाजुङ गाँउपालिकाको केन्द्रको रुपमा रहेको रवि बजार क्षेत्रमा कालोपत्रे गर्ने काम अघि बढाउनका लागि शिलान्यास भएको छ। यसअघि कालोपत्रको ठेक्का लागिसकेको रवि–भेडेटार सडक बजार क्षेत्रमा नछुने भएकाले प्रदेश सरकारले कालोपत्रे गर्ने काम अघि बढाइएको हो। बजार क्षेत्रमा कालोपत्रे नुहँदा कुरुप भइरहेको भन्दै स्थानीयले पटक पटक माग गरेका थिए। ३ किलोमिटरमा फैलिएको बजारक्षेत्रका सबै सडक कालोपत्रे गर्नका लागि ठेकेदार छनौट अन्तिम चरणमा पुगेकाले शिलान्यास गरिएको हो। १३ करोड बजेट रहेको छ। जिल्लाको दोश्रो ठुलो व्यापारिक केन्द्रको रुपमा रवि बजारलाई लिइन्छ। कालोपत्रे हुने भएपछि स्थानीयबासीमा खुशी छाएको देखिन्छ। रवि कालोपत्रे भएपछि बजारबाट सहरमा रुपान्तरण हुने रवि उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष महेन्द्र राई बताँउछन्।

रविमै मिक्लाजुङ आवासगृहको शिलान्यास गरिएको छ। आवासगृहका लागि ८ करोड रुपैँया बजेट रहेको छ। यस्तै दुर्गा मावि रविको भवन उद्घाटन गरिएको छ। भवनका लागि प्रदेश सरकारको ७५ लाख र गाँउपालिकाको ६ लाख बजेट रहेको छ। मन्त्री आङ्बोले कुरुम्बाको स्वास्थ्य चौकि उद्घाटन गरेका थिए। यो चौकि २ करोड ३५ ला रुपैँयामा निर्माण सम्पन्न भएको हो। यस्तै ३ करोड ३८ लाख रुपैँयाको खान्द्रुङ प्रहरी चौकि भवन र १ करोड २६ लाख बजेटको कर्वड हल शिलान्यस भएको हो।

प्रदेश सरकारले गाँउपालिकामा महत्पूर्ण विकासका योजना अघि सारेको गाँउपालिका प्रमुख अमरराज माखिले बताए। विशेष प्राथमिकताका योजना प्रदेश सरकारले बनाइदिदा स्थानिय सरकारलाई केहि सहज भएको माखिमको भनाई छ।

मन्त्रीलाई योजनाको चाङ
रवि बजारमा आयोजना भएको समारोहमा १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई समय मागेर रवि बहुमुखी क्याम्पसकी प्रमुख टिक भटराईले मागपत्र बुझाइन। क्याम्पसको श्रीवृद्धिका लागि भौतिक पूर्वाधारको विकासका लागि प्रदेश सरकारमार्फत बजेट विनियोजित गरिदिन माग गरिएको थियो। तर यो क्रम समारोहमा जारी रहयो। दुर्गा माध्यमिक विद्यालय, रवि राईजिङ स्पोर्टिङलगायतका संस्थाले मागपत्र बुझाए। जिल्लाबाट प्रतिनिधित्व गर्ने मन्त्री आङबोलाई मागपत्र बुझाउने क्रम भने यो नौलो होईन। उनी जिल्लाका जुन ठाँउ पुग्छन् स्थानीय विद्यालय, संघ–संस्था, स्थानीय तहले नै मागपत्र दिने गरेका छन्।

यतिबेला १ नम्बर प्रदेश सरकार बजेट बनाउने तयारीमा छ। यहिबेला योजना माग्नेको भीड लाग्ने गरेको छ। मन्त्री जिल्लामा आएका बेला माग बुझाउनेलाई नै हुन्छ। यहाँका स्थानीय तहहरुले ठुला योजनाहरु समेत माग्ने गरेका छन्। सडक, सिचाई, खानेपानी, भवनलगायतका मागहरु आउने गर्छन्। मन्त्री जिल्लामा बाक्लो गरी आउने गर्छन्। यो अवसरमा स्थानीयहरुले लिखित तथा मौखिक मागहरु गर्छन्।

यहाँको जनप्रतिनिधि भएकाले जनताले अपेक्षा राख्नु स्वभाविक भएको मन्त्री आङ्बोको बुझाई छ। ‘प्राथमिकता र आवश्यकताको आधारमा क्रमशः बजेट व्यवस्थापन गर्दै जानेछु’ मन्त्री आङबोले भने ‘स्थानिय तहबाटै सम्भव हुने आयोजनालाई सम्बन्धित स्थानीय सरकारको नेतृत्वलाई नै अघि बढाउन अनुरोध गर्छु।’

 

 

प्रकाशित: २९ वैशाख २०७६ १३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App