४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

लडेर विद्यार्थी घाइते

सोलुखुम्बु – जिल्लाको माप्यदूधकोसी गाउँपालिका– ६ मा एक विद्यार्थी लडेर गम्भीर घाइते भएका छन्।

शुक्रबार स्कुलबाट फर्कने क्रममा वाकुका मनिसा घतानी वाप्साको भिरबाट लडेर गम्भिर घाइते भएका हुन्। टे«किङबाट फर्किंदै गरेका व्यक्तिले घतानीलाई घाइते अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेको थिए। सगरमाथा माध्यमिक विद्यालय वाकुमा कक्षा ९ मा अध्ययनरत घतानी बाटोबाट करिब २ सय मिटर तल खसेका थिए।

उनको टाउको सहित शरीरका विभिन्न भागमा चोट लागेको छ। आफन्त र स्थानीय सहयोगमा उपचारका लागि उनलाई काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आर्थिक अवस्था कमजोर भएका घतानीको उपचारमा समस्या देखिएको छ।

प्रकाशित: २९ वैशाख २०७६ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App