१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गाडेर शव लुकाउन खोज्दा ५ जना पक्राउ

रुपन्देही - रुपन्देहीमा बँदेल मार्न थापेको धरापमा परेर मृत्यु भएका व्यक्तिको शव गाडेर घटना लुकाउन खोजेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्नलाई सार्वजनिक गरेको हो।

अभियोगमा प्रहरीले तिलोत्तमा नगरपालिका ११ भूपू सैनिकटोलका २६ वर्षका उपेन्द्र शाह, ३५ वर्षका नरबहादुर पुन, ३५ वर्षकै चन्द्रबहादुर थापा, २८ वर्षका कृष्ण राना र ४० वर्षका अमर पुनलाई पक्राउ गरेर कारवाही अघि बढाएको छ। वैशाख १ गते राति तिलोत्तमा ११ स्थित जंगलमा बँदेल मार्न थापिएको विद्युतीय धरापमा परी स्थानीय ४० बर्से मीनबहादुर गौतमको मृत्यु भएको थियो। मृत्युपछि गौतमको शव घटनास्थलभन्दा करिब ४ किलोमिटर टाढा देवदह जंगलमा लगेर खाल्टो खनी गाडिएको थियो।

गौतम एक हप्तासम्म घर नआएपछि  परिवारले प्रहरीमा निवेदन दिएका थिए। त्यसपछि प्रहरीले अनुसन्धान थालेको हो। अनुसन्धानका क्रममा गौतमको बँदेल मार्न थापेको धरापमा परी मृत्यु भएको खुलेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए।  
 

प्रकाशित: ११ वैशाख २०७६ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App