२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पूर्वीनवलपरासीको चौधरी ग्राम उद्योगमा बम विस्फाेट !

नवलपरासी – पूर्वीनवलपरासीको देवचुलीस्थित चौधरी ग्राम उद्योग (सिजी इन्डस्ट्रियल पार्क) मा बम विस्फाेट भएकाे छ। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्वी) का डीएसपी रमेश थापाले बताएअनुसार केही व्यक्तिले बाेतलमा बारुद भरेर उद्योगभित्र फालेक थिए।

उनले भने, ‘सानाे खालकाे पटाका जस्ताे बारुद बोत्तलमा भरेर उद्योगभित्र फालिएको रहेछ। बोत्तल पड्केर ठूलो आवाज आए पनि उद्योगमा क्षति भने भएको छैन।'

घटनास्थलमा यतिबेला प्रहरी पुगिसेकेकाे र त्यहाँकाे अवस्था सामान्य रहेकाे डीएसपी थापाले जानकारी दिए। 

यद्यपि नवलपरासी जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर राजेन्द्र अधिकारले भने साँझ सवा पाँच बजेतिर सुतली बम पड्केकाे बताएका छन्। घटनाकाे जिम्मेवारी कसैले नलिएकाे पनि उनले नागरिक न्युजलाइ जानकारी दिए। 

प्रकाशित: ४ वैशाख २०७६ १२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App