१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आजदेखि भक्तपुरमा बिस्केट जात्रा

भक्तपुर - भक्तपुरको बिस्केट जात्रा बुधबार सुरु हुँंदैछ। भक्तपुर नगरपालिका वडा नं। ५ टौमढीस्थित पाँचतले मन्दिरअगाडि बनाइएको भैरवनाथको रथ बुधबार दिउँसो तान्ने क्रमसँगै यहाँको बिस्केट जात्रा सुरु हुनेछ। प्रत्येक वर्ष यो जात्रा नौ दिन आठ रातसम्म धुमधामका साथ मनाइन्छ। प्रत्येक वर्ष नयाँ वर्ष आगमनको चार दिनअघिदेखि पाँचतले मन्दिरअगाडि राखेर प्यागोडा शैलीमा काठैकाठबाट तीनतले रथ बनाइन्छ। उक्त रथ तान्न सुरु गरेसँगै जात्रा प्रारम्भ हुने प्रचलन छ।

रथलाई दुवैतिर डोरीले तानेर जात्रा सुरु गरिन्छ। एकातिर ६ वटा र अर्कोतिर चारवटा डोरी राखेर हजारौं युवाले रथ तान्छन्। रथ जुन दिशातिर लैजाने हो, त्यतातिर ६ वटा डोरी राखिएको हुन्छ। जात्राको पहिलो दिनलाई द्यो क्वह बिज्याइज्यू अर्थात् देवता ९रथ० तल सवारी हुने भनिन्छ। जात्राको पहिलो दिन रथलाई नगरको तल्लो टोलतिर लाने परम्परा छ। पाँचतले मन्दिर क्षेत्रलाई भक्तपुर नगरको बीचभाग मानिन्छ।

रथलाई दुवैतिर डोरीले तानेर जात्रा सुरु गरिन्छ। एकातिर ६ वटा र अर्कोतिर चारवटा डोरी राखेर हजारौं युवाले रथ तान्छन्। रथ जुन दिशातिर लैजाने हो, त्यतातिर ६ वटा डोरी राखिएको हुन्छ।

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए। यो वर्ष दिउँसोबाटै रथ तान्न सुरु गरी साँझसम्ममा सकाउने योजना रहेको उनले सुनाए।

इतिहास एवं संस्कृतिविद् डा। पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर तीन सय वर्षभन्दा बढी समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो। वि.सं. १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भने यो एक जिल्लाको स्थानीय जात्राका रूपमा सीमित रहन पुगेको उनले बताए। पछिल्ला केही वर्ष यता भने यो जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेलगायतका जिल्लाबाट सयौं मानिस आउने गरेका छन्।

यो जात्रा प्रत्येक वर्ष वैशाख ५ गते सम्पन्न हुन्छ। यो बेला पनि रथलाई दुवैतिर डोरी राखेर तानिन्छ। यस दिनलाई द्यो थाहा बिज्याइगू अर्थात् देवता ९रथ० माथि सवारी हुने भनिन्छ। भक्तपुरको बिस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ। साथै मध्यपुर थिमिमा मनाइने जिब्रो छेड्ने जात्रा पनि उत्तिकै प्रख्यात छ।

प्रकाशित: २७ चैत्र २०७५ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App