१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हचुवाको भरमा विद्यालय सुधार योजना

त्रिपुरा मावि काटिँयाचौर मा गरिएको विद्यालय सुधार योजना निमार्ण कार्याशालामा सहभागिहरु छलफल गर्दै। तस्बिर: नागरिक

डोल्पा– विद्यालयको शैक्षिक, भौतिक लगायतका क्षेत्रमा सुधार गर्न वार्षिक सुधार योजनाहरु आवश्यक पर्छ। तर, हिमाली जिल्ला डोल्पाका विद्यालयहरुले भने हचुवाको भरमा योजनाहरु बनाउदा उपलब्धी हाँसिल हुन नसकेको गुनासाहरु आउन थालेका छन्।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमले त्रिपुरासुन्दरी नगरपालिका १ स्थित त्रिपुरा माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै सहभागीहरुले विद्यालयका योजनाहरु प्रभावकारी नबनेको गुनासो गरेका छन्।

यसको प्रभावले विद्यालयको भौतिक संरचना लगायत पठनपाठनमा समेत समस्या आउने गरेको सहभागीहरुको भनाई छ। पछिल्लो समय एउटा विद्यालयले बनाएको विद्यालय सुधार योजनालाई अर्को विद्यालयले हुबहु नक्कल गर्दा योजना प्रभावकारी हुन नसकेका हुन्।

विगतमा विद्यालयका वार्षिक योजना बनाउदा अभिभावक, नागरिक समाज, विद्यालयकै शिक्षक र विद्यार्थी समेतलाई सहभागी नगराएको सहभागीहरुको भनाइ छ। मनगढन्ते तरिकाले प्रधानाध्यापक एक्लैले अर्कै विद्यालयको योजनाको हुबहु नक्कल गरी योजना बनाउदा प्रभावकारी बन्न नसकेको हो।

जिल्ला शिक्षा कार्यालयमा पेश गर्दा आवश्यकता एकातर्फ र योजना अर्कैतर्फ बन्ने गरेकाले भने बमोजिमको विकास हुन नसकेको पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद उपाध्यायले बताए। कतिपय विद्यालयहरुमा वर्षेनी योजना तथा बजेट आइरहने तर विद्यालयको भौतिक संरचनामा सुधार नआई समस्या जस्ताकाे त्यस्तै रहने प्रवृति कायमै छ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमले अभियानको रुपमा डोल्पाका विद्यालयहरुमा सहभागितामुलक समीक्षा र योजना तर्जुमा बैठकलाई अभियानको रुपमा संचालन गरेको छ।

सेडा नेपालका प्रतिनिधि टिकादत्त न्यौपानेले विद्यालय र बालबालिकाको आवश्यकतालाई मध्यनजर गरेर सामुहिक छलफल गरेर विद्यालयले वार्षिक सुधार योजनाहरु बनाउनु पर्नेमा जोड दिए।  उनले भने ‘विद्यालयमा के कुराको आवश्यकता छ त्यो अनुरुपको योजना तथा बजेट दिन सहज हुने भएकाले प्रत्येक विद्यालयले आआफ्नो बार्षिक योजना आवश्कतामा आधारित भएर बनाउनु पर्छ।’

जिल्लामै पहिलो पटक प्रत्येक विद्यालयमा पुगेर विद्यालय शिक्षक,अभिभावक,विद्यार्थी,जनप्रतिनिधि र सम्बन्धित विद्यालय क्षेत्रका नागरिक समाज सहितको सहभागितामा विद्यालय सुधार योजना बन्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन्।

प्रकाशित: २६ चैत्र २०७५ ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App