२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सुनसरीमा प्रहरी र स्थानीयबीच झडप : प्रहरीकाे गाेली लागि एक घाइते

सुनसरी – सुनसरीमा प्रहरी र स्थानीयबीच झडपमा गोली चलेको छ। भन्सार जाँचका क्रममा गोली चलेको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सामान जाँच गर्ने क्रममा भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ८ मा प्रहरीको गोली लागि स्थानीय घाइते भएका छन्।

नाका जोडिएको क्षेत्रबाट आउने व्यक्तिलाई जाँच गर्ने क्रममा विवाद हुँदा घटनाले उग्र रूप लिएको स्थानीयले बताएका छन्। त्यहाँ केहीबेर स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ। स्थानीयले बताएअनुसार प्रहरीले केही राउण्ड गोली चलाएको छ।

गस्ती प्रहरीसँगकाे झडमा परी सइ चन्द्रकुमार शाक्यकाे अाैंमा गाेली लागेकाे सुनसरीका डीएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले नागरिकलाइ बताए। झडपमा एक राउण्ड गाेली चलेकेा उनले बताए। 

सामान जाँचका क्रममा स्थानीले प्रहरीकाे बन्दुक खाेसेकाे सुनसरी प्रहरीले जनाएकाे छ। 

स्थानीयका अनुसार प्रहरीले चलाएको गोली लागि स्थानीय जियाउल मन्सुरी घाइते भएका छन्। हातमा गोली लागेका उनको उपचारका लागि विराटनगर लगिएको छ ।

 

प्रकाशित: २२ चैत्र २०७५ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App