५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पूर्वमन्त्री गजुरेल

सिन्धुली– सिन्धुली बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा पूर्वकृषिमन्त्री हरिबोल गजुरेल चयन भएका छन्। शनिबार बसेको भेलाले सिन्धुली क्षेत्र नं. २ का वर्तमान संघिय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेललाई सर्वसहम्मत अध्यक्ष चयन गरेको हो। गजुरेलको अध्यक्षतामा ११ सदस्य सञ्चालक समिति चयन भएको छ। 

समितिका सदस्यहरुमा प्रदेश नं. ३ का प्रदेश सभा सदस्य प्रदीप कटुवाल, नेपाली काँग्रेसका उपेन्द्र पोखरेल, कृष्णप्रसाद दाहाल, इश्वर बस्नेत दिपक मिश्र चयन भएका छन्। यस्तै दिर्घराज श्रेष्ठ, महेन्द्र श्रेष्ठ, भिष्मराज श्रेष्ठ बिनोद श्रेष्ठ र सुवास रायमाझी चयन भएका छन्। यसअघि शिक्षाबिद् डा. सुरेशराज शर्मा अध्यक्ष थिए। शिक्षाविद् शर्माको कार्यकाल सकिएपछि पूर्वकृषि मन्त्री सञ्चालक समितिका अध्यक्ष भएका हुन्।

यद्यपी नेकपाकै नेताहरुले सञ्चालक समिति गठन प्रक्रियालाई लिएर असन्तुष्टि जनाएका छन्। गजुरेल सर्वसहम्मतले अध्यक्ष निर्वाचित भएपनि नेकपाकै प्रदेशसभा सदस्य समेत रहेका बिनोद खड्काले भने सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन्। क्याम्पस सञ्चालक समिति गठन प्रक्रियालाई अझै लोकतान्त्रिक हुनपर्नेमा खड्काको जोड छ । 

प्रकाशित: १७ चैत्र २०७५ १०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App