१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अग्निपीडितलाई राहत

चैत – खोटाङस्थित प्राकृतिक प्रकोप सहयोग कोषले डढेलोपीडित चार परिवारलाई राहत प्रदान गरेको छ। चैत १ गते स्थानीय गढीथुम्का र काँसेघडेरी सामुदायिक वनमा लागेको डढेलोले घर जल्दा विस्थापित भएका रावाबेंसी गाउँपालिका–५ दुबेकोल घलेगाउँका गोपाल पाण्डे, भीम पाण्डे, युवप्रसाद पाण्डे र ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौलालाई कोषले राहत रकम प्रदान गरेको हो।

डढेलोले घर जलेपछि कष्टकर जीवन बिताइरहेका अग्निपीडितलाई प्रतिपरिवार पाँच हजार रुपैयाँका दरले राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किराँतले बताए। अग्निपीडितलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका ऐंसेलुखर्क गाउँपालिका प्रतिनिधि वर्णकुमार राईमार्फत घरैमा पुगेर राहत प्रदान गरिएको हो।

खोटाङ समाज हङकङको पहलमा स्थापित २० लाख रुपैयाँ अक्षय कोषको व्याजबाट अग्निपीडितलाई राहत प्रदान गरिएको हो। घलेगाउँका अग्निपीडितमध्ये अभिकेशर पाण्डे भने अन्यत्र सरिसकेकाले राहत रकम दिन नसकिएको कोषले जनाएको छ। यसअघि घलेगाउँका अग्निपीडितलाई रावाबेंसी गाउँपालिका र माक्पाका अग्निपीडितलाई ऐंसेलुखर्क गाउँपालिकाले राहत प्रदान गरेको थियो। वनको डढेलो गाउँमा पस्दा घलेगाउँ र माक्पामा लाखौंको क्षति भएको थियो।

प्रकाशित: ९ चैत्र २०७५ ०३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App