१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

भ्रष्टाचारबारे विवेकशील साझाको ध्यानाकर्षण

काठमाडौं – विवेकशील साझा पार्टीले मुलुकमा ठूला अनियमितता र भ्रष्टाचारका समाचारले आम नागरिकको राज्य संयन्त्रप्रति अविश्वास बढ्दै गएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि ध्यानाकर्षण गराएको छ।

विवेकशील साझा पार्टीले पछिल्ला समयमा आएका अनियमिताका घटनाको सुक्ष्म र सघन अनुसन्धान गरेर पदीय दुरुपयोग र आर्थिक अनियमिततामा मुछिएका सबैलाई कारबाहीको दायरामा ल्याओस् भनी ध्यानाकर्षण गराएको बताएको छ।

वाइड वडी जहाज खरिद प्रक्रिया, ३३ किलो सुन तस्करी, एनसेल प्रालिको लाभकर र अन्य करहरू, नेपाल आयल निगमको जग्गा खरिद प्रक्रिया, फोरजी सेवा विस्तार निर्णय, स्वीस ब्यांककमा सञ्चित नेपाली धनलगायतका अर्बौँ अर्बका अनियमितताका सूचना विभिन्न सञ्चार माध्यमबाट आइरहेकोले सबैको ध्यान अख्तियार दुरुपयोग अनुसन्धानतिर खिचिन पुगेको जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०७५ ०१:५४ बुधबार

विवेकशील_साझा_पार्टी भ्रष्टाचार अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग