१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

५ सय २१ स्थानीय तहमा रोजगार संयोजक छानिए

काठमाडौं - सरकारले स्थापना गरेको रोजगार सेवा केन्द्रमा कामकाज गर्नको लागि संयोजक छनोट गरेको छ।  प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा सात सय ५३ जना रोजगार संयोजक माग  गरेको थियो।

सो कार्यक्रमको काम कारवाही अघि बढाउन दुई हजार दुई ६५ उम्मेदवार छानिएका थिए। छानिएका उम्मेदवारबाट पाँच सय २१ जना छानिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले बताए।

मन्त्रालयले शनिबार र आइतबार कम्प्युटर प्रणालीबाट लिएको परीक्षाको नतिजा सोमबार प्रकाशन गरेको हो। वाँकी  दुई सय ३२ स्थानीय तहका लागि रोजगार संयोजक पुनः परीक्षा लिनुपर्ने भएको छ। परीक्षामा छनोट भएका उम्मेदवारलाई तत्काल स्थानीय तहमा खटाइने रेग्मीले बताए।

 

प्रकाशित: १४ फाल्गुन २०७५ ०६:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App