१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भूमिहिन तथा सुकुम्वासीलाई जमिन उपलब्ध गराउने नीति ल्याइँदै

बर्दिया - बर्दियामा स्थानीय तहले भुमिहिन तथा सुुकुम्वासीलाई खान पुग्न सक्ने जग्गा उपलब्ध गराउने नीति ल्याउने तयारी गरेको छ।  बांसगढी नगरपालिकाले उक्त नीति ल्यान ल्याउन लागेको छ। बांसगढी नगरपालिकाकी उपप्रमुख शुस्मा चौधरीले एक कार्यक्रमबीच यस नगरपालिकामा रहेको भूमिहिन तथा सुकुम्वासीको समस्या समाधानको लागि उक्त नीति ल्याउने तयारी भएको बताइन्।

कमैया महिला जागरण समाज नेपाल नामक गैर सरकारी संस्थाले आयोजना गरेको भूुमिहीन तथा सिमान्तकृत किसानहरुको संगठन निर्माण कार्यशाला गोष्ठिमा उपप्रमुख चौधरीले उक्त नीति बारे जानकारी गराएकी थिइन्। उनले भनिन,‘ सरकाले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पाना बोकेकोले सो अभियानलाई पुरा गर्नको लागि स्थानीय सरकार लागि परेको छ।’

उनले अबको केही समयभित्र यस नगारपालिका भित्र कुनै पनि व्यक्ति भूमिहिन र सुुकुम्वासी नरहने बताइन्।  उनले संघीय सरकाले भूमिहिन तथा सुकुम्वासीको लागि नीति बनाउँदै गरकोले सोही बमोजिम यहांको परिवेश अनुसार कार्यक्रम तथा नीति तर्जुमा गरी काय गर्ने बताइन्। कार्यक्रममा वांसगढि नगरपाकिा को वडा नं १ देखी ९ सम्मका  भुमिहिन तथा सिमान्तकृत किसान तथा उद्यमी , समाजसेवी र जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो।

साथै कार्यक्रममा धनवहादुर सुनारको संयोजकत्वमा १८ जनाको  भुमिहिन तथा सिमान्तकृत किसानहरुको संगठन समेत निर्माण भएको थियो। सो संगठनको सचिवमा गोविन्द प्रसाद देवकोटा तथा सदस्यमा भिमलाल जैसी , होली थारु , नन्दे टमटा , दान वहादुर वि.क., शसे रोका , कौसिला सुनार , तारा डांगी, जमिला खातुन , लालसिंह दामाइ , जानकी थारु, रामदुलारी थारु ,मोहमद अली , तुल्सी चनारा र धनवहादुर वि.क रहेका छन्। कार्यक्रमको सहजीकरण संस्थाका कार्यक्रम संयोजक तारा वहादुर सुनारले गरेका थिए।

प्रकाशित: १३ फाल्गुन २०७५ ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App