१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रधानमन्त्रीको पुत्ला दहनमा प्रहरी हस्तक्षेप, २ विद्यार्थी घाइते

नारायणी अस्पतालमा उपचाररत घाइते विद्यार्थीलाई भेट्दै नेता रामशरण महत।

वीरगन्ज– नेपाल विद्यार्थी संघ पर्साले शुक्रबार साँझ वीरगन्जमा गरेको विरोध प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गर्दा दुई विद्यार्थी नेता घाइते भएका छन्। प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउने क्रममा विद्यार्थी र प्रहरीबीच भएको झडपमा विद्यार्थी नेता विकेश पटेल र रन्जन चौरसिया घाइते भएका हुन। 

वीरगन्जस्थित ठाकुर राम बहुमुखी क्याम्पसबाट निस्केको विरोध जुलुस आदर्शनगरमा पुगी प्रधानमन्त्री ओलीको पुत्ला जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि जलिरहेको पुत्ला खोसाखोसमा आगोले विद्यार्थी नेताहरु जलेर घाइते भएको नेविसंघका केन्द्रीय सदस्य बद्रीनाथ तिवारीले बताए। पटेलको मुखको भाग जलेको छ भने चौरसियाको खुट्टा जलेर घाउ लागेको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचाररत घाइते विद्यार्थीको अवस्था बुझ्न काँग्रेस नेता डा. रामशरण महत र जिल्ला अध्यक्ष अजय द्विवेदी लगायत साँझ ७ बजे अस्पताल पुगेका छन्। 

नेविसंघका नेता विश्वासरन्ज्न द्विवेदीको नेतृत्वमा भएको विरोध प्रदर्शनमा केन्द्रीय सदस्य सुधिर पटेल तथा तिवारी लगायतको सहभागिता रहेको थियो। नेविसंघको पूर्व निर्धारित केन्द्रीय विरोधको कार्यक्रम अन्तर्गत वीरगन्जमा प्रधानमन्त्रीको पुत्ला जलाइएको नेताहरुले बताएका छन्।

प्रकाशित: १८ माघ २०७५ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App