१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मालढुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँचको सनाखत

दुर्घटनाग्रस्त बस। तस्बिर : संगम/नागरिक

बागलुङ - म्याग्दीको बेनीबाट नारायणघाटतर्फ जाँदै गरेकाे यात्रुवाहक बस मालढुङ्गामा दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ७ पुगेकाे छ। ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा म्याग्दी पाखापानी २ का २१ वर्षीय राजेश पुन, पर्वत जलजला गाउँपालिका ७ का ३२ वर्षीय विसमाया पुन, पर्वत जलजला गाउँपालिका ८ का ५० वर्षीय  टिका परियार, उनकी ४० वर्षीय श्रीमती सेती परियार, बागलुङ नगरपालिका ४ कुडुँलेकी ४८ वर्षीय शान्ति केसी आचार्य रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दिपक रेग्मीले बताए। मृतक एक पुरुषको सनाखत हुन बाँकी रहेकाे छ। दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं पठाईएको छ। दुर्घटनामा ३२ जना घाइते भएका छन्। ३२ जनामध्ये २ जनाको मात्रै अञ्चल अस्पतालमा उपचार जारी रहेको र बाँकी सबै काठमाडौं पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ। बस सडकबाट करिब ६० मिटर तल खसेको थियाे। तीब्र गतिका कारण बस दुर्घटना हुने पुगको यात्रुले बताएका छन्।
तस्बिर : संगम/नागरिक

 

दुर्घटनाग्रस्त बस। तस्बिर : संगम/नागरिक
दुर्घटनाग्रस्त बस। तस्बिर : संगम/नागरिक
दुर्घटनाग्रस्त बस। तस्बिर : संगम/नागरिक
दुर्घटनाग्रस्त बस। तस्बिर : संगम/नागरिक
दुर्घटनाग्रस्त बस। तस्बिर : संगम/नागरिक
दुर्घटनाग्रस्त बस। तस्बिर : संगम/नागरिक
दुर्घटनाग्रस्त बस। तस्बिर : संगम/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App