१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध ९ उजुरी

काठमाडौं - संवैधानिक परिषद्बाट सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमसेशर राणाविरुद्ध ९ वटा उजुरी परेका छन्। राणाले पूर्व सञ्चारमन्त्री रहेका जयप्रकाश जयप्रकाशप्रसाद गुप्ताको मुद्दामा व्यापक अनियमितता गरेको उजुरी परेको छ। संविधान, ऐन कानुन र नजिरको बर्खिलाफ गर्दै फैसला गरेको आरोप उनीमाथि लगाइएको छ।

यसैगरी, पूज्ञानेन्द्र शाहको फूपुको छोरामार्फत १५ करोड असुलेको र २०७२ असार ६ का दिन उनले घुसघोरीबाट प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजो कायम गराउन आदेश दिएको उजुरी परेको छ। तत्कालीन राजा वीरेन्द्रको नाममा रहेको छाउनीको १५ रोपनी १ आना जग्गा प्रेरणाको दाइजोको जग्गा भनी तत्कालीन प्रधानन्यायाधीस रामकुमार शाह र न्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले फैसला गरेको उजुरी परेको छ।

उनले २०७२ वैशाख ७ गतेका दिन माइली तामाङ विपक्षी पशुपतिनाथ भण्डारीको मुद्दामा मोटो रकम असुली फैसला गरेको उजुरी परेको छ। उनलले कानुनविपरित फैसला गरेकाले महाअभियोगको प्रस्ताव पेस गर्नुपर्ने उजुरी परेको छ। संविधान ऐन, कानुन प्रतिपादित सिद्धान्त विपरीत फैसला गर्न नमिल्ने, यी कागजी खोस्टा हुन कि कानुन हुन्, कानुन सोलुको भरिया र त्रिशुलीको बालुवा चाल्नेलाई मात्र लाग्ने की चोलेन्द्र शमशेरलाई लाग्ने हो ? उजुरीमा भनिएको छ।

‘डिउ प्रोसेस अफ ल’ अनुरूप भएको भनी मान्न नमिल्ने काम कारबाही चोलेन्द्रबाट भएको उजुरी परेको छ। विपक्षीले आफ्नाविरुद्धमा उजुरी दिने झगडियाको मुद्दा हेरी छिनेको उजुरी परेको छ। सार्वजनिक जिम्मेवारीको पदमा रहेका व्यक्तिलाई राज्यले भन्सार छुटको सुविधा दिई खरीद भएको गाडी आफैले प्रयोग नगरी अन्यत्र भाडामा लगाई आय प्राप्त गरको भन्ने उजुरी उनीविरुद्ध परेको छ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर हद २०७४ साउन २१ गते नै समाप्त भएको निक्र्यौल राणाले निकालेर इजलास बहिष्कार गरे पनि साउन २२ गते किन बहिष्कार गर्न सक्नुभएन भन्ने उजुरी परेको छ। २०७४ साउन २२ गतेदेखि फागुन २८ गते सम्म राणाले गरको फैसलाको कानुनी हैसियत के हुने भन्ने उजुरी पनि परेको छ।

प्रकाशित: १३ पुस २०७५ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App