२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यार्थी बोकेको बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या २३ पुग्यो, ९ को सनाखत

दाङ – दाङमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा परि ज्यान जानेको संख्या २३ पुगेको छ। जसमा ४ महिला र १९ पुरुष रहेका छन्। दुर्घटनामा परि १५ जना घाइते भएका छन्।

दुर्घटनामा ज्यान गुमाउनेमा बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन केसी, शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरू घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ वर्षीय प्रदिप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली रहेका छन्।

दुर्घटनामा परी दाङको दंगीशरण गाउँपालिका वडा नं १ का ३० वर्षीय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का २७ वर्षीय बिजय जी.एम.,जाजरकोटका अतिश नेपाली, जुम्माका हिक्मत बोहरा कन्चनपुरका खेमराज भट्ट र जुम्ला कन्कासुन्दरी गाउँपालिका ५ का २० वर्षीय  बिरेन्द्र कन्डराको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि १५ जना घाइते भएका छन भने १४ जनाको सनाखत हुन बाँकी। मृत्यु हुने र घाइते सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुन्। 

बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरि ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते हुनेमा  जुम्ला तातोपानि गाउँपालिका १४ का १८ वर्षीय हिमाली हमाल, चन्दनाथ गाउँपालिका ३ का १६ वर्षीय कुशेन्द्र खत्री, घोराही उप–महानगरपालिका १५ रतनपुरका १७ वर्षीय समिक्षा रोकाया घाइते भउको प्रहरीले जनाएको छ।

यस्तै अछाम मंगलसेन नगरपालिकाका  १८ वर्षीय बिक्रम भण्डारी, रुकुम त्रिबेणी गाउँपालिका ३ का १६ वर्षीय प्रेम बहादुर खड्का, घोराही उप–महानगरपालिका १९ स्युजाका १७ बर्षीय मेनुका रिजाल, जुम्ला चन्दनाथ गाँउपालिका २ का २० वर्षीय जिबन भण्डारी, सोही ठाउँका १६ वर्षीय पर्सा रोकाया, अछाम मंलगसैन नगरपालिका १९ वर्षीय युवराज ढुंगाना, रुकुम सानोभेरी गाउँपालिका ३ का  १६ वर्षीय रोजिना पुन, घोराही उप–महानगरपालिका १४ का १८ वर्षीय संजय खनाल, रुकुम अर्मा १९ वर्षीय राजन डाँगी अछाम मंगलसेन नगरपालिका ५ का भद्र बिष्ट र रोल्पाका  प्रकाश वली घाइते भएको प्रहरीले जनाएको छ।

घाइते सबैलाई दाङको राप्ती अंचल अस्पताल तुलसीपुरमा  प्रारम्भीक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर बाँके रिफर गरिएको छ। उनीहरूको कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिए।

दुर्घटनाको यकिन कारण भने अहिले थाहा हुन सकेको छैन। दुर्घटना भएको स्थान ओरालो र घुम्ती पर्छ। सल्यान हुँदै रुकुमलाई जोड्ने यो सडक साँघुरो पनि छ। लामो समयदेखि मर्मत नहुँदा सडक जीर्ण बनेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App