५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

श्रीमानलाई जेलमुक्त गराइदिने लोभ देखाई बलात्कार

सप्तरी– कैदीका रूपमा जेल परेका श्रीमानलार्इ कारागारबाट छुटाउन पहल गर्ने भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन्। 

राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक भावेश रिमालका अनुसार आइतबार पक्राउ परेका मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारवाही अगाडि बढाइएको छ।

राजविराज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पीडितका श्रीमानलाई छुटाइ दिने आश्वासन दिलाई मेहताले पटकपटक गरी साढे दश लाख रुपैयाँ ठगी गर्नाका साथै बलात्कार पनि गरेको पीडितको जाहेरीमा उल्लेख छ। रासस 

 

प्रकाशित: १८ मंसिर २०७५ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App