१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

हिमाल चढेर फर्केका अमेरिकी नागरिकको मृत्यु

सोलुखुम्बु - हिमाल चढेर फर्कने क्रममा खुम्बुमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ। आमादब्लम हिमाल चढेर फर्कदै गरेका अमेरिकी नागरिक स्टेभन भिक्टोर डिमको खुम्बुपासाङल्हामु गाउँपालिका ४ मा पर्ने बेसक्याम्प टु मा लेक लागेर ज्यान गएको  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

मंसिर ११ गते साँझदेखि लेक लागेको स्टेभनको १२ गते बुधबार विहान ज्यान गएको हो। मृतक अमेरिकी नागरिकको कानुनी प्रक्रिया पुरा गरी बुधबार नै पोष्टमार्टमका लागि काठमाडाैं पठाईएको प्रहरी निरिक्षक देउ प्रसाद लिम्बुले जानकारी दिए।

प्रकाशित: १३ मंसिर २०७५ ०९:५२ बिहीबार

सोलुखुम्बु खुम्बु अमेरिकी_नागरिक