४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

तीर्थालु चढेको बस दुर्घटना, एककाे मृत्यु

घाइते यात्रु। तस्बिर : मिथिलेश/नागरिक

सिरहा - सिरहामा तीर्थयात्री चढेकाे बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ४५ जना घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गको कर्जन्हा नगरपालिका २ बन्दिपुरमा बस दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा परी ज्यान जानेमा सर्लाही हरिपुरका ४५ वर्षीय जगदिश ठाकुर रहेका सिरहाका प्रहरी प्रमुख (एसपी) जीवन श्रेष्ठले जानकारी दिए। शुक्रबार पूर्णीमाको दिन सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा पूर्णीमा स्नान गर्न सर्लाहीबाट आएका तिर्थालु चढेको ना ४ ख ४८२५ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ३९४० नम्बरको मिनि एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते यात्रुमध्ये सातजनाको अवस्था गम्भीर रहेको एसपी श्रेष्ठले बताए। गम्भीर घाइतेलार्इ थप उपचारका लागि बिराटनगर पठाउने तयारी भैरहेको श्रेष्ठले बताए। बाँकी घाइतेको उपचार कर्जन्हा स्थित फूलकुमारी मेमोरियल हस्पिटलमा भैरहेको छ।

प्रकाशित: ६ मंसिर २०७५ १५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App