मन्त्रिपरिषद्का निर्णय तत्काल सार्वजनिक गर्न महासंघकाे माग
काठमाडाैं - मन्त्रिपरिषद् बैठकले गरेका निर्णयलाई तत्काल सार्वजनिक नगर्ने गरी नेपाल सरकारले गरेको निर्णयप्रति नेपाल पत्रकार महासंघले अाफ्नाे ध्यानाकर्षण भएकाे बताएकाे छ। साेमबार महासंघका महासचिव रमेश विष्टद्वारा जारी प्रेस विज्ञप्तीमा कात्तिक २५ गते साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे ‘सञ्चारकर्मीहरुले समयक्रममा पछि थाहा पाइहाल्ने’ भन्दै प्रवक्ताबाट औपचारिक रुपमा कुनै जानकारी नगराइएकाेमा अापत्ती जनाइएकाे छ।
विज्ञप्तीमा भनीएकाे छ 'सरकारका मन्त्रीहरुले मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगरी ४८ घण्टापछि व्यवस्थित रुपमा सार्वजनिक गर्ने प्रतिक्रिया व्यक्त गर्नुले जननिर्वाचित सरकारले गरेका निर्णयहरु तत्काल जान्न पाउने नागरिकको अधिकारमाथि आघात पुग्दछ भन्ने महासंघको ठहर छ।'
सञ्चार प्रविधिको तीब्रतर विकासकाे युगमा सरकारका निर्णय पाउन नागरिकले ४८ घण्टा कुर्नुपर्ने अभ्यास सामन्ती परम्पराको निरन्तरता हुन जाने बताउँदै महासंघले मन्त्रिपरिषद्का निर्णयहरु बैठक लगत्तै सार्वजनिक गर्न सरकारसमक्ष जोडदार माग समेत गरेकाे छ।