५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सामूहिक भाइटीका

खोटाङ – खोटाङ नेर्पाका दिदीबहिनी फूलमाला, फलफूल र मीठामीठा परिकार लिएर उपस्थित भए । गाउँभरिका दाजुभाइ पनि फूलमाला पहिरिन हर्षोल्लासपूर्वक भेला भए। त्यसपछि सुरु भयो तिहारको भाइटीकामा जस्तै एक पक्षले फूलमाला, टीका लगाइदिँदै परिकार खुवाउने र अर्काे पक्षले गच्छेअनुसार उपहार र दक्षिणा दिने। यो दृश्य हो दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६, नेर्पास्थित भुलभुले कृषि सहकारी संस्थाले तिहारको उपलक्ष्यमा शनिबार आयोजना गरेको सामूहिक भाइटीकाको।

तिहारको उपलक्ष्यमा संस्थामा आवद्ध महिला सदस्य र पुरुष सदस्यबीच सामूहिक भाइटीका लगाएर खुसीयाली मनाइएको सहकारीका संस्थापक जलसेर राईले बताए। सहकारीको कार्यालयमा आयोजित कार्यक्रममा १ सय २७ पुरुष सदस्यलाई १ सय १३ महिला सदस्यले भाइटीका लगाइदिएको उनले जानकारी दिए।

कृषिको व्यावसायीकरण गर्ने उद्देश्यले २०६५ सालमा दर्ता गरिएको कृषि सहकारीले पुरुष सेयर सदस्य र महिला सेयर सदस्यबीच सुमधुर सम्बन्ध स्थापनाका लागि २०७० सालदेखि यस्तो कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा निम्तो गरिएका अतिथि लगायतलाई पनि भाइटीका लगाइदिने चलन छ । तिहारका बेला संस्थाको आयोजनामा देउसी–भैलो कार्यक्रम पनि गर्ने गरिएको छ।

प्रकाशित: २१ कार्तिक २०७५ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App