२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

दुर्घटनामा एकको मृत्यु

घोराही – देउखुरीमा मोटरसाइकल र ट्याक्टर ठोक्किएर एक जनाको मृत्यु भएको छ।

गए राति रा४प ५५३५ मोटरसाइकल र रा१त १३६७ नं को ट्याक्टर ठोक्किएर लमही–३ जखेरा बस्ने २० वर्षीय कौशल चौधरीको मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत अर्नहवा भन्ने स्थानमा भएको दुर्घटनामा जखेराकै २२ वर्षीय रोशन चौधरी घाइते हुनुभएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए। घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। रासस

प्रकाशित: १५ कार्तिक २०७५ ०३:५८ बिहीबार

दुर्घटना मृत्यु