२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

रोल्पा - पश्चिम रोल्पामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। गंगादेव गाउँपालिका–५ पाखापानीका ४३ वर्षीय सुकलाल सार्कीले ३९ वर्षीया श्रीमती देविसरा सार्कीको बुधबार राति खुकुरीले घाटीमा प्रहार गरि हत्या गरेका थिए। घरायसी विवाद हुँदा बुधबार राति घाँटीमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।

रोल्पा प्रहरी प्रमुख दिपक खड्काका अनुसार हत्या आरोपित सुकलाललाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपि खड्काले बताए।

 

प्रकाशित: ८ कार्तिक २०७५ १५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App