२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कर्फ्यू १२ बजेसम्मका लागि हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु- कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यू हटाएको छ। 

आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू  हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू  लगाएको थियो। 

कर्फ्यू  हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ। शनिबारदेखि बढेको विवाद आजदेखि सामान्य बनेको हो। कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो।  

प्रशासनले कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यू लगाउने निर्णय गरेको थियो। रा

प्रकाशित: ६ कार्तिक २०७५ ०४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App