११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

डा. धिताल ‘प्राइड अफ अष्ट्रेलिया’का लागि मनोनित

काठमाडौं– मृत व्यक्तिको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने कार्यमा सफलता पाएका चिकित्तसक डा कुमुद धिताल अष्ट्रेलियाको प्रतिष्ठित पदक‘ प्राइड अफ अष्ट्रेलिया’का लागि मनोनयनमा परेका छन्। 

अष्टेलियामा कार्यरत उपप्राध्यपक डा.  धितालले पहिलो पटक मृत व्यक्तिको मुटु झिकेर मुटुलाई पुनः सकृय बनाई जिवित व्यक्तिमा प्रत्यारोपण गर्ने कार्यमा सफलता पाएका थिए। मुटु प्रत्यारोपणमा हासिल भएको यो सफलता स्थापित मानव जीवन रक्षामा ठूलो फड्को मारेको भन्दै उनलाई मनोनयन गरिएकोको दी टेलिग्राफले जनाएको छ।

यसअघि ब्रेन डेथ भएका व्यक्तिको चलिरहेको मुटुमात्र प्रत्यारोपण हुने गरेकोमा धितालले ब्यक्ति मरेर चल्न छाडेको मुटु पनि पुनः चल्ने बनाई प्रत्यारोपण गर्न सकिने पद्धति विकास गरेका थिए। उनले यही प्रविधिअनुरुप २७ जनामा प्रत्यारोपण गरिसकेको जनाइएको छ। 

 

प्रकाशित: १५ आश्विन २०७५ ०७:२२ सोमबार

डा_कुमुद_धिताल प्राइड_अफ_अष्ट्रेलिया