९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

तेहृथुम सरोकार समाजको अध्यक्षमा डाँगी

काठमाडौं– तेहृथुम सरोकार समाज नेपालको अध्यक्षमा मोहन डाँगी चयन भएका छन्। शनिबार राजधानीमा सम्पन्न छैठौं साधारणसभाले डाँगीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। 

समितिमा डिल्लीराम ढुंगेल वरिष्ठ उपाध्यक्ष, गणेश घिमिरे, चिरन्जिवी खतिवडा र हरिपतिलाल श्रेष्ठ उपाध्यक्ष चयन भएका छन्। यसैगरी महासचिवमा केशव भट्टराई, उप महासचिवमा योगेन्द्र कुरुम्बाङ, सचिवमा भगिमान गुरूङ र वीरेन्द्र कुरूम्बाङ, कोषाध्यक्षमा रामप्रसाद बिमली, सह कोषाध्यक्षमा राम प्रसाद लकान्द्रीलाई चयन गरिएको छ। 

साधारण सभाद्वारा निर्वाचित १० सदस्यमा टेकराज कार्की, कुलचन्द फोम्बो, बिकास ढकाल, शम्भू फोम्बो, जगदिश भट्टराई, कृष्णभक्त गड्तौला, सुमन बुढाथोकी, टिका सुनार, बसन्त खापुङ तथा कुन्ती देवी फोम्बो छन्। सभाको निर्णयअनुसार समाजको प्रथम बैठकले अन्य चार जना सदस्य मनोनित गरी २५ सदस्यीय समिति बनाइनेछ। 

तेह्रथुम सरोकार समाजका निवर्तमान अध्यक्ष विजय सम्बाहाम्फेले नवनिर्वाचित कार्यसमितिलाई अविर र दोसल्ला ओढाइ बधाई ज्ञापन गरे। समाजको विधान अनुसार समितिको कार्यकाल दुई वर्षको हुनेछ। 

साधारण सभाको उद्घाटन सत्रमा समाजका निवर्तमान कोषाध्यक्ष योगेन्द्र कुरुम्बाङ् समाजको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव हरिपतिलाल श्रेष्ठले समाजको कार्यप्रतिवेदन प्रस्तुत गरेका थिए।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फे, पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरूङ, सांसदहरू भवानी खापुङ, बिजय सुब्बा, तेजमान कन्दङ्वा, लछुमन तिवारी लगायतले मन्तब्यसहित सुझाव दिएका थिए। कार्यक्रमलाई रोमान्चक बनाउन शम्भू फोम्बोकाे समूहले सांगीतिक प्रस्तुती दिएका थिए।

प्रकाशित: ७ आश्विन २०७५ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App