५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बाघको दाह्रा ओसारपसार गर्ने दुई पक्राउ

रसुवा – बाघको दाह्रा ओसारपसार गर्ने दुई जना पक्राउ परेका छन्। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–३ का ३१ वर्षीय मंगल बहादुर घले र रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा कामी तामाङ रहेका छन्। घलेलाई भदौ ११ गते पक्राउ गरिएको र मा तामाङलाई हिजो (शनिबार) पक्राउ गरिएको प्रहरी निरीक्षक ओम प्रकास वाग्लेले बताए।

ना ६ ख ४९४२ नम्बरको कन्टेनरको गेयर बक्समा ४ थान बाघको दाह्रा लुकाएर राखेका थिए। ओासार पसारमा संलग्न दुई जना फरार रहेका उनको भनाइ छ। बाघको दाह्रा रहेको सुराकीको आधारमा रसुवागढी प्रहरी चौकी र सीमा प्रहरी चौकी टिमुरेले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये घलेलाई लाङटाङ राष्ट्रिय निकुञ्जलाई बुझाइ सकेको छ भने तामाङलाई आज बुझाउने तयारी छ।

प्रकाशित: २४ भाद्र २०७५ ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App