२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गुल्मीमा बाघको आक्रमणबाट महिला घाइते

फाइल फाेटाे

गुल्मी – गुल्मीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको धुर्कोट गाँउपालिका–४ जैसिथोक, भुवान गैराखर्ख निवासि ३१ बर्षीया तारादेवी पोखरेल घाइते भएको स्थानीय कृष्ण अधिकारीले जानकारी दिए।

बिहीबार बिहान ६ बजे खोरबाट बाख्रा बाहिर निकाल्ने क्रममा उनलाई बाघले झम्टेको थियो। बाघले पोखरेलको अनुहार र गर्धनमा चोट पुर्याएको छ। उनलाई बिहानै जिल्ला अस्पताल तम्घास ल्याई उपचार भइरहेको वडाध्यक्ष मान बहादुर कुँवरले जानकारी दिए।

खोरमा पसेको बाघले दुई वटा बाख्रालाई पनि मारेको छ। पछिल्लो समय गाँउमा बाघको बिगबिगी बढ्दै गएकोले सबैलाई सजक रहन समेत अध्यक्ष कुँवरले आग्रह गरेका छन्।

प्रकाशित: २१ भाद्र २०७५ ०३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App