२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

महिला हिंसा विरुद्ध संसदमा संकल्प प्रस्ताव

काठमाडौ–मुलुकभर महिला विरुद्ध हिंसाका घटना बढिरहेका बेला प्रतिनिधिसभाको बैठकमा महिला विरुद्धको हिंसा अन्त्य गर्ने संबन्धी संकल्प प्रस्तावमा छलफल भएको छ। सांसद वृन्दा पाण्डेले गत असार २१ मा संसद् सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएकी थिइन।

प्रस्तावमाथिको छलफलमा सहभागी सबै सांसदले उक्त प्रस्तावप्रति समर्थन जनाउँदै महिला हिंसा अन्त्यका लागि कडा कानुन निर्माण, तीनको कार्यान्वयन र  जनचेता विस्तारमा सरकार अग्रसर हुन आग्रह गरेका छन्।

 संकल्प प्रस्तावमा दाइजोको निहुँमा हुने कुटपिट, अन्धविश्वास, शोषणविरुद्ध जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिन माग गरिएको छ। नेपालको संविधानबमोजिम नेपाल पक्ष राष्ट्र भएको महिलामाथि हुने सबै प्रकारका विभेद्विरुद्धको महासन्धिलगायत अन्तर्रा्ष्ट्रिय अभिसन्धिहरुले शारीरिक, मानसिक, यौनजन्य मनोवैज्ञानिक एवं अन्य कुनै पनि प्रकारको महिला हिंसा अन्त्य गर्न माग संकल्प प्रस्तावमार्फत गरिएको छ।

छलफलमा सहभागी सांसद शशीश्रेष्ठले प्रस्तावमा यौनहिंसाबारे विस्तृत विश्लेषण गरिएको टिप्पणी गर्दै महिला हिंसाका अपराधीलाई परिवार सदस्य, कार्यकर्ता वा कुनै सम्बन्धका आधारमा संरक्षण गर्नू नुहुने बताइन। जस्तोसुकै सम्बन्ध रहे पनि उ अपराधी हो, घर परिवार राजनीति भनेर क्षम्य हुँदैन,’ उनले भनिन्,‘ यस्ता घटनामा फाँसीको सजाय पनि अपु्ग हुन्छ भन्ने मलाई लाग्छ।’ महिला हिंसा विरुद्ध जनचेता विस्तारमा जोड दिन सरकारलाई उनले आग्रह गरिन।

अर्की सांसद शान्ता चौधरीले देशव्यापीरुपमा महिला हिंसा डरलाग्दो रुपमा बढिरहेको भन्दै राज्यले यसमा आवस्यक गाम्भिर्यता  नदेखाको बताइन्। महिलाहिंसाका घटनाले जटिल खालका अन्य हिंसा बढाउने खतरा रहेको भन्दै उनले यसको नियन्त्रणका लागि सर्वदलीय संसदीय समिति बनाएर अगि बढ्नुपर्ने बताइन्।

सांसद कमला रोकाले राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा रहेका कानुनी प्रावधान कार्यान्वयन गर्न सरकारको अग्रसरता चाहिएको औल्याइन्। सांसद महेश्वरकुमार दाशले समाजमा अपराध विरुद्धको जागरण अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए। 

 

प्रकाशित: ८ भाद्र २०७५ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App