४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

झाका हत्यारालाई कारबाही माग

काठमाडौं – पराष्ट्र सेवाका पूर्वराजदूतहरूको संस्था (एएफसिएएन) ले पूर्वराजदूत केशवराज झाको निर्मम हत्या भएकोमा दुःख व्यक्त गर्दै घटना छानबिन गरी दोषीमाथि कडा कारबाही माग गरेको छ।

संस्थाले मंगलबार गृह र परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएर घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गरेको हो । ‘नेपालको परराष्ट्र सेवामा तीन दशकभन्दा बढी समय कार्यरत रही फ्रान्सका लागि नेपाली राजदूत भएका पूर्वराजदूत केशवराज झाको आफ्नै निवासमा निर्मम हत्या भएको दुःखद घटनबाट हामी मर्माहत भएका छौं,’ एएफसिएएनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

झा एएफसिएएनको संस्थापक सदस्य थिए । झाको आइतबार राति काठकाडौंको बबरमहलस्थित निवासमा हत्या भएको थियो । ‘एएफसिएएन हत्यामा संलग्नलाई छिटो पक्राउ गरी कानुनी दायरामा ल्याएर कारबाही गर्न आग्रह गर्छ,’ विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: ६ भाद्र २०७५ ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App