२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

खोलामा डुबेर दिदीको मृत्यु, भाई बेपत्ता

विराटनगर- सुनसरी रामधुनी नगरपालिका–३ स्थित झरना खोलाले बगाएर मंगलबार एक बालिकाको मृत्यु भएको छ भने मृतककी भार्इ बेपत्ता भएका छन्। 

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार रामधुनी नगरपालिका–३ का दिनेश खड्काको ११ वर्षीया छोरी सृजना खड्का र ७ वर्षीय छोरा अस्मिन खड्का बिहान भाडा माझ्ने क्रममा चिप्लिएर खोलामा खस्दा बगाएर बेपत्ता भएका थिए। 

इलाका प्रहरी कार्यालय पकलीबाट खटिएका प्रहरी र स्थानीयवासी मिलेर खोजबिनका क्रममा साँझ ५ बजे बालिकाको शव फेला पारेको छ भने बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २२ श्रावण २०७५ १६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App