४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बाघले मान्छे लग्यो

चितवन (रत्ननगर)– चितवनको भरतपुर महानगरपालिका वडा नं २५ स्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई आज बिहान बाघले लगेको छ।

स्थानीय राप्तीदून मध्यवर्ती सामुदायिक वनमा साथीहरूसँगै घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले लगेको स्थानीयवासी विकास पाठकले जानकारी दिए।

उनलाई बाघले आक्रमण गरेको देखेपछि बेहोश भएका अर्का एक जनालाई उपचारका लागि अस्पताल लगिएको र एक जनाले भने भागेर ज्यान जोगाएका थिए।

पाठकका अनुसार घटनास्थल नजीक शरीरका विभिन्न अंग फेला परे पनि उनको अवस्थाबारे पत्ता लागेको छैन। बाघले आक्रमण गरेको घटनाको पुष्टि गर्दै चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले हात्तीसहितको वन्यजन्तु प्राविधिक टोली सो क्षेत्रमा परिचालन गरिएको बताए। चालु आर्थिक वर्षमा बाघले मान्छेमाथि आक्रमण गरेको यो पहिलो हो। अघिल्लो वर्ष बाघको आक्रमणबाट तीन जनाको मृत्यु भएको समाचार एजेन्सी राससले उल्लेख गरेको छ।

प्रकाशित: २१ श्रावण २०७५ ०९:५१ सोमबार

बाघ चितवन राष्ट्रिय निकुञ्ज बन्यजन्तु