४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

पहिराेमा पुरिएका ८ जनाकाे शव निकालियाे

उद्धारमा खटिएकाे नेपाली सेना । तस्विर : नेपाली सेना

काठमाडाैं - नेपाली सेनाको टोलीले रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २, टिमुरेमा पहिरो जाँदा पुरीएका ८ जनाको शव निकालेको छ भने १२ जनाको शकुसल उद्धार गरेको छ।

बिहीबार २ वटा स्काभेटरको सहयोगमा नेपाली सेनाको कालीजंग गणको टिमुरे सुरक्षा बेशबाट खटिएको टोलीले उद्धार तथा शव निकाल्ने काम गरेको हो। पहिरो जाँदा एक गेष्टहाउस, एक प्रहरी चेकपोष्ट र अस्थायी टहरामा सञ्चालित २ होटल पुरिएका थिए।  

प्रकाशित: १० श्रावण २०७५ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App