१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पहिलो झरीमैं वीरगन्ज जलमग्न (तस्बिर सहित)

वीरगन्ज- गर्मीले आजित वीरगन्जवासीले पर्खेको झरी भएपछि अर्को समस्याले घेरेको छ। पहिलो झरीले वीरगन्जलाई जलमग्न बनाएको छ। रातिदेखि भइरहेको अविरल वर्षाले ब्यपारिक नगरिका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वीरगञ्जको रानीघाट, श्रीपुर, पानीट्यांकी, नगवा, भिषुवा, रामगढवा, वीर्ता, छप्कैया आदर्शनगर लगायतका क्षेत्रहरु डुबानमा परेका हुन्।

वीरगञ्जको मुख्यबजार क्षेत्रमा समेत पानीले निकास नपाउँदा सर्वसाधारणले जनजीवन कष्टकर बनेको छ। नगर क्षेत्रको घरायसी र बर्खे पानी निकासका लागि सावा २ अर्ब रुपैयाँमा कार्यन्यवन गरिएको ‘एकीकृत मझौला सहरी वातारण सुधार परियोजना’पछि समस्या घट्नुको साटो बढेको वा फेरिएको नगरवासीको भनाई छ। योजना अन्तर्गत नाला निर्माणको भइसकेका ठाउँमा पनि पानीको निकास नहुँदा नगरवासी चिन्तित छन्। ‘पहिले नालातिर पानी हुन्थ्यो अब सडकमै भेल छ,’ वीरगन्जका ब्यवसायी ध्रुव साहले भने, ‘योजना असफल हुनु वीरगन्जवासीको दुर्भाग्य हो।’

वर्षाको पानीले निकास नपाउँदा अनेकौं घरहरुमा पानी पसेको छ। पसल तथा ब्यपारिक गोदामहरु भित्र पानी पसेर करोडौंको क्षती भएको अनुमान गरिएको छ। सडकमा जथाभावी रहेका फोहोर अहिले सडकमा जमेका पानीमा मिसिएर फैलिएको छ। सडकमा पानी जमेका कारण स्कुल जाने बालबालिकाहरु समस्यामा परेका छन्।

पानीका कारण कतिपय विद्यालयमा पढाई नै भएन। ‘मेरो घर नजिकको रेल्वे माबिमा पानी पर्योको कि विद्यालय बन्द हुने समस्या नालाहरु बनेपछि सकिने आशा थियो,’ रानीघाटका राहुल गुप्ताले भने, ‘तर त्यसो हुन सकेन, एक दिनकै पानीले विद्यालय फेरी बन्द छ।’ वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुसालले वीरगन्जको भुभाग अनुसार वार्षमा पानी जम्नु स्वभाविक रहेको प्रतिक्रिया दिएका छन्। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App