१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रौतहटमा अपराधिक समूह र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

रौतहट– रौतहटमा विहीबार राति अपराधिक समूह र प्रहरीबीच दोहोरो गोली हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ। खुट्टा र पिठ्युमा गाेली लागेर जिल्ला अस्पतालमा ल्याइएका अपराधिक समूहका एक सदस्यकाे बाटाेमै मृत्यु भएकाे हाे। जिल्ला अस्पताल गौरका आकस्मिक कक्षका इन्चार्ज रवीन्द्र झाले मृत घोषणा गरेका छन्। 

प्रहरीका अनुसार राजदेवी नगरपालिकाको मुडउल्वा टोलको उत्तरपट्टी बाग्मती नदीको तटबन्धनमा विहीबार राति प्रहरी र ३ जनाको समूहमा रहेका अपराधीबीच भिडन्त भएको थियाे। दोहोरो भिडन्तमा प्रहरीबाट ३१ राउण्ड प्रहार भएको थियो भने अपराधीबाट १२ राउण्ड गोली प्रहार भएको बुझिएको छ।

उनीहरुको एसएमजी बन्दुक र सोमा लाग्ने म्याग्जिन प्रहरीले बरामद गरेको छ। उनीहरुलाई समात्न प्रहरीले एम्बुस थापेको थियो। वन टेस्ट मोटरसाइकलमा आएका ३ जनामध्ये दुई जना फायर गर्दै भारततिर भागेका छन्। 

रौतहटका डीएसपी रामकुमार दानीले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र घटनाको अनुसन्धान भइरहेको बताए।

प्रकाशित: १४ असार २०७५ १६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App