१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

फेवातालमा डुबेको १० दिनपछि शव फेला

पोखरा- फेवातालमा डुबेर बेपत्ता भएका रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका बस्ने १८ वर्षीय सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन्। 

यही जेठ १३ गते पाँच जना साथीसँग फेवातालमा आफैं डुङ्गा चलाएर घुमिरहेको अवस्थामा अचानक चट्याङ पर्दा डुङ्गाबाट खसेर बेपत्ता भएका लामाको शव बुधबार अपराह्न पोखरा १८ रातोडाँडा नजिक तालमा तैरिएको अवस्थामा भेटिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए। 

उनका अनुसार डुबेकै दिनदेखि गोताखेरको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको टोलीले खोजी कार्य जारी राखेपनि फेवातालको शिरतर्फ गहिरो भागमा डुबेको कारण शव उत्रिन लामो समय लागेको हुन सक्ने बताइएको छ। लामाको शव परीक्षण गरी बुधबारै आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २३ जेष्ठ २०७५ १६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App