धनकुटा – स्थानीय फोहर विसर्जनस्थल छेउमा आइतबार बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ।
शव धनकुटा नगरपालिका ६ का ३० वर्षीय राजेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।
श्रेष्ठको अनुहार र शरीरमा गम्भीर चोट रहेका कारण हत्या भएको आशंकामा धनकुटा नगरपालिका–६ निवासी मृतकका भाइ ईश्वर, भिनाजु अनिल डंगोल र धनकुटा नगरपालिका– २ घर भएका रुमबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । शव परीक्षणका लागि धनकुटा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित: ३० वैशाख २०७५ ०६:०५ आइतबार