९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा दुई गम्भीर

नुवाकोट – नुवाकोटबाट बालुवा बोकेर काठमाडौँतर्फ गइरहेको मिनिट्रक छहरे–टोखा सडकखण्डको सुनखानीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । 

शुक्रबार बिहान शिवपुरी गाउँपालिका–७ सुनखानीको घ्याम्पेखोला भन्ने स्थानमा मिनीट्रक दुर्घटना हुँदा त्यसका धनी एवं चालक लिखु गाउँपालिका–१ का सुरेन्द्र बस्नेत र सोही स्थानका सहचालक विकास श्रीपाली घाइते भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए। 

घाइते चालक २९ वर्षीय बस्नेत र सहचालक १७ वर्षीय श्रीपाली दुवैजनाको अवस्था गम्भीर भएकाले उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौँ लगिएको छ। 

पानी परिरहेको र रातको समयमा तीव्र गतिमा रहेको मिनीट्रक दुर्घटना हुँदा सडकबाट करीब ५०० मिटर तल मिनीट्रक पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७५ ११:०५ शुक्रबार

नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा दुई गम्भीर