१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

कार्कीविरुद्धको महाभियोगको संवैधानिक परीक्षण हुने

काठमाडौं– सर्वोच्च अदालतले तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्की विरुद्ध संसद सचिवालयमा दर्ता भएको महाभियोग प्रस्तावको संवैधानिक परीक्षणका लागि एमिकस क्यूरी झिकाउने आदेश दिएको छ।

सर्वोच्च अदालतको पाँच सदस्यीय संवैधानिक इजलासले नेपाल वार एशोसिएसन र सर्वोच्च वार एशोसिएसनबाट तीन÷तीन जना एमीकस क्यूरी पठाउन आग्रह गरेको हो।

संवैधानिक इजलासका न्यायाधीशहरु कायम मुकायम प्रधानन्यायाधीश दिपकराज जोशी र न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा, दिपककुमार कार्की र केदारप्रसाद चालिसेको इजलासबाट ‘अदालतका साथी’ मानिने एमिकस क्यूरी झिकाउने आदेश भएको हो।

संवैधानिक इजलाशले २०७४ वैशाख १७ मा संसद सचिवालयले महाभियोग प्रस्ताव दर्ता भएकोले काम कारवाही नगर्नु भनि तत्कालिन प्रधानन्यायाधीश कार्कीलाई लेखेको पत्र झिकाउने आदेश दिएको छ।

स्मरणीय छ, संवैधानिक इजलाशमा रहेका पाँच मध्ये चोलेन्द्रशम्शेर जबराले महाभियोग प्रस्तावमा अन्तरिम आदेश दिएर सुशिला कार्कीलाई काममा फर्काएका थिए । अधिवक्ता सुनिलरञ्जन सिंहले दर्ता गरेको मुद्दामा राणाले २०७४ वैशाख २५ अन्तरिम आदेश दिएका थिए ।

प्रकाशित: १९ वैशाख २०७५ ११:०८ बुधबार

कार्कीविरुद्धको महाभियोगको संवैधानिक परीक्षण हुने