१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पोखरामा यात्रुबस दुर्घटना हुँदा आठजना घाईते

<br>

पोखरा महानगरपालिका–२२ पुम्दीभूम्दीस्थित शान्तिस्तुप नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा आठजना यात्रु घाईते भएका छन्।  

कास्कीका प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार ग १ ख ३८८६ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परेर चारजना यात्रु गम्भीर घाईते भएका छन। अरु चारजना सामान्य घाइते रहेको बस्नेतले बताए। घाइतेलाई उपचारका लागि पोखरा ल्याइएको छ। पोखराबाट शान्तिस्तुप जाने बाटो घुम्ती र ठाडो रहेको छ।  

प्रकाशित: ३१ वैशाख २०८२ १३:५८ बुधबार

यात्रुबस दुर्घटना पोखरा