१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

शिवसेनाका अध्यक्ष बस्नेत पक्राउ

तीनकुने घटना प्रकरणमा शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेत पक्राउ परेका छन्।

राजावादीहरूको संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठक स्थल शिव सेना नेपालका अध्यक्ष बस्नेतलाई प्रहरीले सुकेधाराबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलन हिंसात्मक भएपछि प्रहरीले झन्डै एक सय जनालाई पक्राउ गरी सोधपुछ गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य जारी रहेको बेला उनी पक्राउ परेका हुन्। 

प्रकाशित: २८ वैशाख २०८२ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App