१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

स्काभेटर दुर्घटनामा दुई जनाको मृत्यु

हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराति स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा चङ्खेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए। उनीहरू दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले बताए।

चङ्खेली गाउँपालिकाको–लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा प्रदेश नम्बर २.०३.००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको जनाइएको छ। चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासि स्काभेटर सडकबाट करिब सय मिटर तल खस्दा घाइते भएका दुवै जनाको उपचारका लागि श्रीमष्ठा प्रथामिक स्वास्थ्यचौकी पुर्याइएको थियो। रासस

प्रकाशित: १ वैशाख २०८२ १०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App