२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

सिंहदरबारको नाम परिवर्तन गरेर मान्छे दरबार राखौँ : मेयर राई

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।

सामजिक सञ्जालमा लेख्दै उनले सिंहदरबारको नाम मान्छे दरबार राखेको भए त्यहाँभित्र बस्नेहरूले नेपालीको पीडा बुझ्ने थिए भन्दै नाम परिवर्तन गर्नुपर्ने बताएका हुन्। 

उनले सिंहदरबारको नाम नै गलत हुन पुगेको जिकिर गरे। लोकतन्त्रमा दरबार भन्ने शब्द आफैँमा नसुहाउने भएकाले सेवा केन्द्र नाम राख्दा राम्रो हुने मेयर राईको भनाइ छ।

उनले भनेका छन्, 'सिंह दरबार नभएर मान्छे दरबार नाम राखिदिएको भए त्यहाँ भित्र बस्नेहरूले नेपालीको पीडा बुझ्ने थें! नामै गलत छ दरबार को! लोकतन्त्रमा दरबार भन्ने शब्द आफैँमा नसुहाउने लाग्छ! सेवा केन्द्र नाम राख्दा राम्रो!'

प्रकाशित: २५ चैत्र २०८१ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App