१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु

दैलेखको जिल्ला भैरबी गाउँपालिका-५ सियाला सामुदायिक वनमा रुख काट्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु भएको छ।

गाउँमा वर्ष दिनकाे बरखीका लागि रुख काट्न गएका ४९ वर्षका तर्कबहादुर शाही र २७ वर्षका ईन्द्रबहादुर शाहीको सल्लाको रुख ढाल्दा रुखले च्यापिएर घटना स्थलमै मृत्यु भएकाे स्थानीय अगुवा देबिराम आचार्यले जानकारी दिए।  

रुखले च्यापिएर दुई जनाको मृत्यु भएको खबर आएपछि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले बताए। प्रहरी प्रमुख दाहालले घाइते दुई जनालाई उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको जानकारी दिए।

प्रकाशित: १ चैत्र २०८१ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App