१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

अमेरिकाले फर्काएको नेपालीमाथि अनुसन्धान गर्दै प्रहरी

अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएका आठैजनालाई प्रहरीको जिम्मा लगाइएको छ।

बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यरोको जिम्मा लगाएको हो।

ब्यरोले उनीहरुमाथि अनुसन्धान गर्ने बताइएको छ। मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई अवैधरुपमा अमेरिका पुर्‍याएको हुनसक्ने भएकाले उनीहरुमाथि सोधपुछ गर्ने ब्यरोले जनाएको छ।  सोधपुछ पछि मात्र उनीहरुलाई आफन्तको जिम्मा लगाउने बताइएको छ।

अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएकाहरुलाई फर्काउने अभियानअन्तर्गत अमेरिकाले आज बिहान सात पुरुष र एक महिला गरी आठ जनालाई काठमाडौं ल्याएर छाडेको थियो ।

यो पनि पढ्नुहोस्

यी हुन् अमेरिकाले निष्कासन गरेका ८ जना नेपाली

प्रकाशित: २१ फाल्गुन २०८१ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App