१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

काठमाडौंको आकाश अँधेरो: आन्तरिक उडान सुचारु, बाह्य प्रभावित

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाह्य उडान प्रभावित भएका छन्।

त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि शुक्रबार बिहान अन्तर्राष्ट्रिय विमानहरू डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलका प्रवक्ता रिन्जी शेर्पा शेर्पाले जानकारी दिए।

उनका अनुसार दोहाबाट काठमाडौं आएको कतार एयरको विमान कोलकाता डाइभर्ट भएको छ। मलेसियाबाट आएको नेपाल एयरको विमान नयाँ दिल्ली डाइभर्ट भएको छ र चीनबाट आएको सिचुवान एयरको विमान चीन नै फर्किएको छ।

आन्तरिक उडान भने भइरहेको शेर्पाले बताए। उनले भने, अहिलेको भिजिबिलिटीले आन्तरिक उडानमा प्रभावित भएको छैन। पोखराको उडान भने उताकै भिजिबिलिटीका कारण हुन सकेको छैन। अन्तर्राष्ट्रिय उडानमा भने प्रभाव परेको छ। 

प्रकाशित: १६ फाल्गुन २०८१ १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App