स्रोत नखुलेको नगद ३९ लाखसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको ३९ लाख ७८ हजार रुपैयाँ र २ थान मोबाइल सहित चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १४ माघ २०८१ १५:०३ सोमबार